६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

ग्यास ल्याउँदा मोटरसाइकल जलाइदिए

नवलपरासी– जिल्लाको बैदौली, घरमौलीमा आन्दोलनकारीले मोटरसाइकलमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय, बेलटारीका अनुसार बुधबार राति भारतबाट ग्यास सिलिन्डर लिएर आउँदै गरेको मोटरसाइकल आन्दोलनकारीले नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।आगजनीबाट नम्बर नखुलेको उक्त मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त छ । तीन व्यक्ति तीनवटै मोटरसाइकलमा ग्यास लिएर आउँदै गर्दा आन्दोलनकारीले रोकेका थिए । आन्दोलकारीले नियन्त्रणमा लिन थालेपछि उनीहरू ग्यास र मोटरसाइकल छाडेर भागेका थिए । प्रहरीले उक्त स्थानबाट पाँचवटा सिलिन्डरसमेत बरामद गरेको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनायो ।

प्रकाशित: १७ मंसिर २०७२ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App