६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

धारा तेलको गोदाममा छापा

काठमाडौं– नाकाबन्दीको आवरणमा खाने तेल लुकाएर कालोबजारी गरेको आरोपमा प्रहरीले केएल दुगडको गोदाममा छापा मारी डेढ लाख लिटरभन्दा बढी तेल नियन्त्रणमा लिएको छ। त्यहाँबाट दुई कर्मचारीसमेत पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर टोलीले जडीबुटीस्थित गोदाममा छापा मारेर स्वस्तिक आयल इन्डस्ट्रिजबाट उत्पादित धारा तेल नियन्त्रणमा लिएको हो। गोदाममा तेल लुकाएर बजारमा झन्डै दोब्बर मूल्यमा खाने तेल बिक्री गरेको सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको थियो। करिब पाँच ट्रक तेल फेला पारेपछि म्यानेजर अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

लिटरको १ सय ८० रुपैयाँ पर्ने सो तेल नाकाबन्दीपछि लिटरको ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो। काठमाडौं परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले तेल लुकाएर कालोबजारी गरेको सूचनाका आधारमा गोदाममा छापा मार्दा सूचना सत्य ठहरिएपछि कर्मचारी र तेल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

प्रकाशित: १७ मंसिर २०७२ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App