६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

साहित्यकार उप्रेती फेरि थिएटरमा

काठमाडौं– साहित्यकार सञ्जीव उप्रेतीको नयाँ कृति 'मकैको अर्कै खेती' सार्वजनिक भएको छ। बिहीबार राजधानीको थिएटर भिजेलमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र पुस्तकमा आधारित नाटकको समेत प्रिमियर गरियो।नाटकमा राणकालीन समयमा एक लेखकको कृति जलाइएको परिस्थितिलाई पृष्ठभूमि बनाइएको छ। लेखक उप्रेती नाटकका मूख्य कलाकार समेत हुन्। उनी वरिपरि विभिन्न घटनाहरु घुम्छन्। कलाकारको सिर्जनात्मक स्वतन्त्रताको विषय पुस्तक र नाटकमा केन्द्रित गरिएको छ।

'राणाकालिन समयमा लेखक कृष्णलालले अधिकारीको 'मकैको खेती' कृति जलाइयो। लेखकलाई पाँच वर्ष जेलमा राखियो। त्यसलाई केन्द्रित गरेर अहिलेको परिस्थितिमा पुस्तक र नाटक तयार भएको छ,'उप्रेतीले भने,'कलाकारको स्वतन्त्रता र दायित्वलाई प्राथमिकता दिएको छु।'

निर्देशक बिमल सुवेदीले नाटकलाई तयार गरेका हुन्। प्रयोगात्मक डार्क कमेडी नाटकले नेपाली राजनीतिमाथि गजब व्यंग्य गरेको छ। उप्रेतीले यसअघि अाफ्नै कृतिमा अाधारित नाटक 'घनचक्कर' र 'सान्दाजुको महाभारत' मा अभिनय गरिसकेका छन्।

'डार्क कमेडी नाटक केही फरक शैलीमा तयार भएको छ। पुस्तकमा लेखिएका भावलाई सरल शैलीमा नाटकमा उतारेको छु,'निर्देशक सुवेदीले भने। नाटकमा सञ्जीव उप्रेतीबाहेक अर्चना थापा, प्राश्ना डंगोल, सन्देश अधिकारी, रब्जा तेञ्जिङ तुलाधर, रुपेश सुवेदी, बिपुल पाण्डे, सुजन ओली, सरोज अर्याल, डार्बिन लगिंनी, सतिश प्रसाँई, बिजय ताम्राकार, ईस्तु कार्की र मिरा गुरुङ लगायतले अभिनय गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७२ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App