काठमाडौं—महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत डिएसपी राजकुमार सिलवाल निलम्बित भएका छन्। मादक पदार्थ सेवन गरी रेष्टुरेन्टका बाउन्सरसँग झगडा गरेको अभियोगमा उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।गए राति एक राति एक बजे काठमाडौं प्लाजा स्थित टाइम्स रेष्टुरेन्टमा रक्सी पिएर बाउन्सरसँग झगडा गरेका थिए। झगडा परेपछि घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त कमल पोखरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
सिलवाल प्रहरी डिएसपी भएको खुलेपछि कारवाहीका लागि महानगरीय प्रहरी आयुक्त कार्यालयमा पठाएको थियो। आयुक्त कार्यालयले कारवाही फाइल प्रहरी प्रधान कार्यालय पठाएको थियो। बुधबार प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो। अनुसन्धान अवधिभर उनी निलम्बनमा परेका हुन्।
डिएसपी सिलवाल आयुक्त कार्यालयका सादा पोशाकका प्रहरीको इन्चार्ज थिए।
प्रकाशित: १६ मंसिर २०७२ ०८:०८ बुधबार