७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

उज्यालो आशा

देशमा जति परिवर्तन भए, कुनै पनि संस्थागत हुन सकेका थिएनन्। गणतन्त्र आएको यतिका वर्षसम्म संविधान नबन्दा जनताहरू सशंकित हुनु स्वाभाविकै हो। आकाशको फलजस्तो लाग्न थालिसकेको संविधान अन्ततः भोलि घोषणा हुँदैछ। यसले सर्वत्र खुसी छाएको छ।नेपाली समयको मापन गर्ने गौरीशंकर हिमाल नजिकैबाट सूर्य उदाउँदै गर्दा खिचिएको तस्बिर हो यो। सूर्यको किरण बादलको बीचबाट छिरेको जस्तै हो, भोलि घोषणा हुने संविधान— देश र जनताका लागि। संविधानको उज्यालो किरणले सबै जनताको मझेरीमा न्यानो फैलाओस्। आगामी दिनमा संविधान बनाउनेले नै संविधान नमिचून् र देश विकासमा सबै लागून्, अहिलेलाई यही आशा गरौं।

अन्त्यमा, नागरिक प्रकाशन हुन थालेदेखि 'हिँड्दा हिँड्दै' स्तम्भ प्रकाशित हुँदै आएको थियो। नागरिकसँगको मेरो यात्रा टुंगिएकाले अबको हप्तादेखि यो स्तम्भ आउनेछैन भनेर लेख्दैगर्दा मलाई दुःख लागेको छ। मेरो स्तम्भ मन पराउनुहुने, समय–समयमा प्रतिक्रिया दिएर सुधार्न प्रेरित गर्नुहुने समस्त पाठकहरूमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्छु। अनुकूल समयमा कुनै न कुनै माध्यममार्फत म यहाँहरूसँग जोडिएकै हुनेछु, धन्यवाद।

प्रकाशित: १ आश्विन २०७२ २२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App