१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

सुनसरीमा विष्फोटक पदार्थ, गोली र पेस्तोल बरामद

विराटनगर-सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ।ती सामग्री भोक्राहा–६ बस्ने देवराम यादवको घरबाट बरामद भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मङ्गलबार उनको घरमा छापा मार्दा एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एकथान सकेट बम, जिआइ पाइपको टुक्राका साथै बिजुलीका तारका टुक्रा फेलापरेका छन् ।

सो घरबाट 'अधुरो मधेस यात्रा', सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश नामक पाँच थान पुस्तक, मधेसको एकथान नक्सा, 'मधेस अपना देश' लेखिएको व्यानर र सिके राउतको तस्विरसमेत बरामद भएको प्रहरीले जनाएको छ।
 जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले छापा मारेको थियो । घरधनी यादव फरार भएकाले उनको खोजी भइरहेको बताइएको छ । रासस

प्रकाशित: २९ भाद्र २०७२ २३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App