१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

विजयकुमारलाई मदन पुरस्कार, अंगुरबाबालाई जगदम्बाश्री

काठमाडौं— २०७१ सालको मदन पुरस्कार ‘खुशी’ पुस्तकका लागि विजयकुमारलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। पत्रकार पेशामा लामो समय बिताएका विजयकुमारको खुशी पहिलो पुस्तको हो। भूकम्पपछि विजयकुमार कल्याणकारी कार्यमा संलग्न छन्।

'पुरस्कार पाएको खबरले म खुशी छु', नागरिकन्युजलाई संक्षिप्त प्रतिक्रिया दिँदै विजयकुमारले भने। जीवन बुझाइ र भोगाइ समेटिएको खुशी फाइन प्रिन्टको प्रकाशन हो।

यसैगरी जगदम्बा श्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरिने निर्णय भएको छ।

प्रकाशित: २५ भाद्र २०७२ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App