६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

अवैध शिशु मार्ने एकल महिला पक्राउ

गुल्मी– नवजात शिशु हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्।पराल्मी–५ की ४२ वर्षीया कमला दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। अवैध गर्भधारण गरेकी उनले भदौ १३ गते घर पछाडी शिशु जन्माएर घाँटी निमोठी हत्या गरेको प्रहरीले जनाएको छ।

लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा भर्ना भएकी उनलाई डिस्र्चाज भएकै दिन भदौ २२ गते प्रहरीले पक्राउ गरेको थियो। एकल महिला रहेकी उनलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पौडेलले बताए। उनलाई गर्भधारण गराउने पुरुषको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७२ २३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App