६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

महोत्तरीमा हतियारसहित पक्राउ परेका गुप्ता सार्वजनिक

गौशाला-हतियारसहित पक्राउ परेका जलेश्वर नगरपालिका–१ बस्ने ४३ वर्षीय विजय गुप्तालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गरेको हो । गुप्तालाई मङ्गलबार बिहान जलेश्वर–२ स्थित श्रीराम चौधरीको घरबाट पक्राउ गरिएको हो ।

गुप्ताको साथबाट प्रहरीले ९ एमएम ९ राउण्ड नम्बर ७१, ७०१ डबल मेड ईन युनाइटेड स्टेट्स अफ अमेरिका लेखिएको अटोमेटिक पेस्तोल १ थान, सोमा प्रयोग हुने १५ राउण्ड गोली, २ थान म्याग्जिन, सिक्सर १ थान, सोमा प्रयोग हुने गोली २ राउण्ड र खुकुरी १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताए।

यसअघि पनि लागुऔषध मुद्दामा जेल काटिसकेका गुप्तामाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । रासस

प्रकाशित: २ भाद्र २०७२ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App