काठमाडौं- शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनविरुद्ध बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ। संविधानमा आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने मागसहित दलित समुदायको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा दलित अधिकारकर्मी नेता कमला हेमचुरी, गणेश बिके, पूर्वसभासद विनोद पहाडीलगायत २६ जना दलित घाइते भएका थिए।प्रहरीले दलित प्रदर्शनकारीमाथि लाठीचार्ज गरी निर्मम कुटपिट गरेको भिडियो फुटेजसहित मानव अधिकार आयोगमा उजुरी दिइएको थियो ।
मानव अधिकार आयोगले उजुरीमाथि छानबिनपछि सुनुवाई गर्ने जनाएको छ। 'आयोगले पनि घटना अवलोकन गरेको छं, छानबिनपछि कारबाही अघि बढ्छ,' आयोगका सदस्य प्रकाश वस्तीले भने।
प्रकाशित: २७ श्रावण २०७२ २०:४४ बुधबार