६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

१३ वर्षीय बालक किच्ने चालक ३१ वर्षपछि पक्राउ

काठमाडौं– २०४१ साल जेठ ३१ गते तत्कालीन भक्तपुर नगर पञ्चायत –३ गरुड कुण्डल भन्ने स्थानमा बा.अ.त. १०६ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने १३ वर्षीय कृष्णगोपाल कोजुलाई किच्दा घटनास्थलमै मृत्यु भएको घटनामा संलग्न भक्तपुर नगरपालिका–१ तौलाक्षे बस्ने ४८ वर्षीय भीमप्रसाद गोजालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले ३१ वर्षपछि बुधबार दुवाकोट भक्तपुरबाट पक्राउ गरेको छ।

प्रहरीले फैसला कार्यान्वयनको लागि निजलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ। अदालतले गोजालाई २ वर्ष कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रकाशित: १४ श्रावण २०७२ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App