'खानामा परिवारले भनेको कुरा नपकाएपछि परिवारका सदस्यले निर्घात कुटपिट गरेको खुलेको छ,' प्रहरी नायव उपरिक्षक सुधिरराज शाहीले भने,' अचेत अवस्थामा राति नै उपचारका लागि अस्पतालमा लैजाने तयारी गर्दागर्दै उनको ज्यान गएको देखियो।' कुटपिटबाट साजराको मृत्यु भए लगतै घरका तीनै जना नजिकै रहेको नेपाल भारत सिमापारी गाउ तर्फ भाग्न सफल भएको प्रहरी नायव उपरिक्षक शाहीले बताए।
बिहान घरको ढोका अवेर सम्म खुल्न नसकेपछि गाउलेले प्रहरीलाइ खवर गरेका थिए । प्रहरी चौकी रामपुर खापवाट गएको प्रहरी गस्ती टोलीले घरको ढोका खोलेर हेरेपछि सजरा घरमा मृत अवस्थामा भेटिएकी थिइन। महिलाको ठाउठाउमा कुटपिटको निलडामहरु रहेको र फरार रहेका परिवारका सदस्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ श्रावण २०७२ ०२:२६ शनिबार





