भक्तपुर नगरपालिका–१४ की राज्यलक्ष्मी त्वायनाको हर्बल उद्योगको स्तर उन्नति गर्ने भन्दै जैविक विविधता नेपाल जडिबुटी प्रशोधनका संचालक खोटाङ चिसापानीका निर्मल कार्कीसँग काठमाडौं शंकरापुरा नगरपालिका–८ का गणेशकुमार पण्डितले चिनजान गराई भारतमा आफ्नो मानिसको जडिबुटीको ठूलो कारोबार भएको र भारतबाट आवश्यक उपकरण ल्याउने वहानामा ६० लाख ठगी गरेका थिए ।
उनीहरुले राज्यलक्ष्मी त्वायनासँग हर्बल उद्योगको स्तरबृद्धि गर्न भारतबाट उपकरण ल्याउने भन्दै उनको जग्गा धितो राखी ६० लाख झिकेर गठी गरेको प्रहरीले जनाएको छ । पीडित राज्यलक्ष्मीले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गणेशकुमार पण्डितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २० असार २०७२ ०७:१५ आइतबार



-600x400.jpg)

