६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आफ्नै दिदीले बेचेकी बालिकाको चार वर्षपछि उद्धार

कपिलवस्तु—आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ। नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताए।

 

उद्धार गरिएकी पूजा आफ्नै दिदी चितवन जिरौना बस्ने कुइँटी तामाङबाट वेश्यालयमा बिक्री भएपछि चार वर्ष उनले नारकीय जीवन बिताउन बाध्य भइन्। पूजा दिदीबाट ३० हजार भारतीय रुपैयाँमा वेश्यालयमा बिक्री हुन पुगेकी थिइन्। एघार वर्षको उमेरमा इलाहावादमा बेचिन पुगेकी पूजा चार वर्षको अन्तरालमा नेपाली भाषासमेत बोल्न बिर्सिसकेकी छिन्।

इलाहावादमा मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पुर्याइएकी पूजाले आफ्नै दिदीबाट बेचिन पुगेको भन्दै दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छिन्।

बहिनीलाई वेश्यालयमा बिक्री गर्ने पूजाकी दिदीउपर अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि पूजाकी दिदी अहिले कृष्णनगर प्रहरीको नियन्त्रणमा छिन्। रासस

प्रकाशित: ३१ जेष्ठ २०७२ २३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App