१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

गुल्मी- छात्रालाई दुर्व्यवहार गर्न खोजेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। आँपचौर–६ स्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयका ४६ वर्षीय शिक्षक कृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।शिक्षक घिमिरेले कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई स्कुल नजिकै रहेको रेडक्रस भवनमा दुर्व्यवहार गर्न खोजेको प्रहरीले जनाएको छ। बिहीबार स्कुलका विद्यार्थीहरुले शिक्षकविरुद्ध नारबाजी गर्नुका साथै कारबाही माग गरेका थिए। सोही खबरलाई आधार मानेर शिक्षक घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २९ जेष्ठ २०७२ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App