४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं— प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने कैलाली धनगढी नगरपालिका–७ बस्ने बैतडी वास्लिङ–७ का सुमन÷सौरभ बताउने ३२ वर्षीय राजेन्द्र चन्दलाई काठमाडौं बुढानिलकंठ नगरपालिका–८ कपनबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

 

चन्दले पाल्पा कोलडाँडा–१ बस्ने मनकुमार गाहामगर र कृष्णबहादुर गाहामगरलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गरिदिन्छु भनी जनही १ लाख ६० हजार रुपैयाँका दरले जम्मा ३ लाख २० हजार रुँपैँया असुलेका थिए।

नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग आफ्नो सम्पर्क रहेकोले प्रतिव्यक्ति २ लाख रुँपैयाँ दिएपछि परीक्षामा सामेल नभए पनि हुन्छ भनि प्रलोभनमा पारी उनीहरुबाट उक्त रकम लिएका थिए। नाम निकाल्न थप रकम तिर्नुपर्ने भनी वार्गेनिङ्ग गरिरहेको भन्ने उजुरी परेपछि महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई ठगी मुद्दामा कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७२ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App