३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

दुई क्यासिनोमा छापा, २३ जना पक्राउ


बुटवल—रुपन्देही भैरहवास्थित दुई ठूला होटलका क्यासिनोमा प्रहरीले गएराति छापा मारेको छ।


भैरहवास्थित होटल लाकौल र होटल नान्सको मिनी क्यासिनोमा नेपालीलाई पनि प्रवेश गराई जुवा खेलाउने गरेको आशङ्कामा प्रहरीले छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आकस्मिक रुपमा होटल नान्समा रहेको क्यासिनोबाट नौ जना र होटल लाकौलको क्यासिनोबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित: २ माघ २०७१ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App