५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

जाडोले कत्तिको साह्रो पार्‍यो ?

केही दिन साह्रै चिसो मौसम झेलेका उपत्यकावासी यसबाट उन्मुक्ति पाउने क्रममा छन्। उपत्यकाभित्र धेरै समय रहने/बस्ने कलाकारले भोगेको जाडो मौसमको अनुभव शुक्रवारसँग साटेका छन्।

इन्दिरा जोशी, गायिका
यस वर्ष जाडोले निकै सतायो। जाडो महिनामै बढी महोत्सव हुने भएकाले यात्रा गरिरहनुपर्ने हुन्छ। तर, हुस्सुले गर्दा फ्लाइट कम हुने गर्छ। फ्लाइट नहुँदा कतिपय ठाउँमा गाडीमै यात्रा गर्नुपर्‍यो। गाडीमा यात्रा गर्नु एकदमै कठिन लाग्छ मलाई। काउले भन्ने ठाउँमा लुगा बाँड्न जाँदा चिसो लागेर साह्रो पारेको थियो।
 
ज्योति मगर, लोकगायिका
यो वर्ष बढी नै जाडो भयो। घरबाहिर निस्कन अल्छी लाग्यो। यात्रा गरिरहनुपर्ने भएकाले गर्मीमा एउटा ब्याग बोक्दा हुनेमा जाडोमा दुइटा बोक्नुपर्‍यो। मजस्ता फेशनपारखीका लागि त जाडो यातनादायी हुन्छ।
 
झरना थापा, अभिनेत्री
यो वर्ष मलाई जाडो त्यति अनुभव भएन। विगतका वर्षमा जाडो मौसममा रुखाखोकीले सताउँथ्यो, तर यसपालि त्यस्तो भएन। अझै माघको जाडो त खानु नै छ। मलाई गर्मी महिना मन पर्छ।
 
दीपकराज गिरी, कलाकार
चिसोले शारीरिक रूपमा त खासै असर परेको छैन। भगवान्‌का कृपाले हामी बाक्लो लुगा लगाउन सक्छौँ, तर देशका विभिन्न भागमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको समाचार सुन्दा भने साह्रै मन दुखेको छ। चिसोले काममा केही दिनअघि असर गर्‍यो।
 
डिजराज पौडेल, गायक
बाइकमा हुइँकिनुपर्ने भएकाले चिसोले साह्रै सताएको छ। खोकी लागिरहेकै छ। रुघाखोकीले गर्दा ‘पापिनीले सुन्दै सुनिन' बोलको गीत रेकर्ड गर्न तीनपटक स्टुडियोमा पुगेर फर्किसकेँ।
 
देवी घर्तीमगर, लोकगायिका
मलाई त चिसो मन पर्दैन। पोहोरतिर पनि चिसोले साह्रै सताउँथ्यो। तर, यसपालि साह्रै सतायो। रुघाखोकीले ग्रस्त छु।
2
केकी अधिकारी, अभिनेत्री
यसपालिको आधा चिसो त मैले अस्ट्रेलियामै बिताएँ। त्यसैले मलाई त्यति धेरै चिसोले सताएन। पहिलेका वर्षहरूमा स्कुटीमा कलेज जानुपर्दा चिसोले गर्दा रुघाखोकीले सताउँथ्यो।
 
माल्भिका सुब्बा, पूर्व मिस नेपाल
म त सानैदेखि यही चिसो काठमाडौँमा हुर्किएकाले चिसोले खासै असर गर्दैन। केही दिनअघि सामान्य रुघाखोकी लागे पनि ठीक भइसकेँ। 'झिग्राना' फिल्मको प्रमोसनमा व्यस्त भएकाले चिसो महसुस गर्न पाएकी छैन।
 
नम्रता श्रेष्ठ, अभिनेत्री
'सोल सिस्टर' र 'सम्बोधन' फिल्मको प्रमोसनमा हिँडिरहेकी छु। दिउँसो त खासै चिसो छैन। बिहान बेलुकाको चिसो छल्न कोट लगाएर हिँड्छु। जाडो मौसम त मेरो 'फेभरेट' मौसम हो।
 
शंकर रिजाल, रंगकर्मी
नाटक 'कोही किन बर्बाद होस्' को चाप र चिसोले एकदमै छोयो। रुघाखोकी, ज्वरोले साह्रै सतायो। चिसोले समात्ने भए पनि यो मौसम मलाई मन पर्छ।
प्रस्तुतिः एमपी/समुन्द्र

प्रकाशित: १ माघ २०७१ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App