३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

लुकाकुको गोल मालन्डाप्रति समर्पित

इंग्लिस क्लब एभर्टनका खेलाडी रोमेलु लुकाकुले एफए कपमा वेस्टह्यामविरुद्ध गरेको गोल जुनियर मालन्डाप्रति समर्पण गरेका छन्। वुल्सबर्गका मिडफिल्डर २० वर्षका मालन्डाको गएको शनिवार जर्मनीमा भएको दुर्घटनामा ज्यान गएको थियो। लुकाकुले वेस्टह्यामविरुद्ध गोल गर्नेबित्तिकै आकाशतिर हेरेर औँला देखाएका थिए।
खेल सकिएपछि उनले त्यो गोल आफूले मालन्डालाई समर्पण गरेको बताए।लुकाकु र मालन्डा बेल्जियममा सँगै हुर्किएका हुन् र उनीहरू मिल्ने साथी हुन्। उनीहरूका आमा पनि मिल्ने साथी थिए। मालन्डाको मृत्युको समाचार सुनेलगत्तै लुकाकुले ट्वीटरमा लेखेका थिए, 'म तिमीलाई धेरै माया गर्छु, मेरो भाइ।'
मालन्डाले गएको नोभेम्बरमा युरोपा लिगमा एभर्टनविरुद्ध वुल्सबर्गका तर्फबाट खेलेका थिए। त्यो खेलमा गरेको प्रदर्शनपछि मालन्डालाई युरोपेली फुटबलका उदीयमान तारा भनिएको थियो। तर, तिनै उदीयमान ताराको कार दुर्घटनामा मृत्यु भयो।

प्रकाशित: १ माघ २०७१ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App