४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

फिल्ममा व्यस्त किशोर

बक्सिङका सहायक प्रशिक्षक किशोर सम्बाहाङ्फे फिल्मकर्मी पनि हुन्। नेपाली फिल्ममा खलनायक, नायक हुँदै निर्माता बनेका किशोर पछिल्लो समय अभिनय र फिल्म निर्माणमा व्यस्त छन्। 'मानिस', 'जिन्दगानी', 'सायद', 'छिमेकी', 'चण्डाल' आदिमा उनले अभिनय गरेका छन्।
हालै सुरज सुब्बा नाल्बो निर्देशित 'रातो घर'मा अभिनय गरेका किशोर माघ १५ देखि नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन्। २०४८ सालदेखि अभिनय थालेका उनी भन्छन्, 'सानो ठाउँमा बसेर काम गर्न गाह्रो छ। तर, फिल्मको नशा लागेकाले यसलाई निरन्तरता दिन चाहन्छु।'

प्रकाशित: २५ पुस २०७१ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App