अमेरिकी सेनाका अनुसन्धानकर्ताहरू झिंगाको आकारका स–साना रोबोट विकास गर्ने कार्यमा जुटेका छन्। यस्ता झिंगाजत्रा रोबोटलाई दुश्मनहरूको अखडामा कसैलाई पत्तै नदिई परिचालन गर्ने योजना अमेरिकी सेनाको छ।
अमेरिकी सेनाको अनुसन्धान प्रयोगशालामा डा. रोन पोल्काविच र उनको टोलीले यस्तो झिंगा बनाउने जिम्मेवारी पाएको छ। तीनदेखि पाँच सेन्टिमिटर लम्बाइको जासुसी झिंगा टोलीले बनाइसकेको छ । यद्यपि, यसको क्षमता कस्तो छ भन्नेबारे धेरै खुलाइएको छैन। यसमा अझ क्षमता विस्तार गर्ने काम भइरहेको छ। यसअघि अमेरिकाले चिल र गिद्धलाई जासुसका रूपमा परिचालन गरि तिनीहरूको खुट्टामा गुप्तचरी गर्ने क्यामेरा फिट गरेर शत्रु पक्षको अखडामा उड्न लगाई सूचना संकलन गर्ने गरेको खुलेको थियो।
प्रकाशित: १८ पुस २०७१ १०:०५ शुक्रबार





