१६ चैत्र २०८० शुक्रबार
अन्य

विश्वमै पहिलोपटक मान्छेको शरीरमा सुँगुरको मुटु!

विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट भएका छन्। 

चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका छन्।सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन भन्ने अझै निश्चित भएको छैन। तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विपल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेको बताएका छन्। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट नभएको बताइएको छ।

सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। तर त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने आशा थिएन। अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्।

प्रकाशित: २७ पुस २०७८ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App