५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

८ वर्षीय बालिका बलात्कार प्रयास गर्ने ७० वर्षीय वृद्ध पक्राउ

कोहलपुर— छिमेकी आठ बर्षीय बालिकामाथि बलात्कारको प्रयास गर्ने एक वृद्धलाई आइतबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले बालिकामाथि यौन दूव्र्यवहार गरी बलात्कारको प्रयास आरोपमा महादेवपुरी–६ का ७० बर्षीय चार्के खत्रीलाई नियन्त्रणमा लिएको हो।

घटना असार एक गतेको भए पनि प्रहरीले आइतबार खत्रीलाई पक्राउ गरेको छ। 'घटना छिमेकीले अहिलेसम्म लुकाएको पाइयो,' इलाका प्रहरी कोहलपुरका डिएसपी जनक बहादुर शाहीले भने,' प्रहरीसम्म सूचना पुगेपछि नियन्त्रणमा लियौं।'

आइतबार बिहान सूचना पाएको प्रहरीले तत्काल पक्राउ गरी आरोपित खत्रीलाई जर्वजस्तीकरण उद्योग मुद्धा दर्ता गरेको छ। खत्रीले बालिकालाई यौन दूव्र्यवहार गर्दै बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी शाहीले बताए। घटना भएको एक हप्तासम्म पनि बालिकाका परिवारबाटै प्रहरीसम्म उजुरी दिएका थिएनन्।

प्रकाशित: ८ असार २०७१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App