५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

पाँच लाख बराबरको सुनचाँदी सहित एक भारतीय पक्राउ

लहान— भारततर्फ लाँदै गरेको करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको सुन र चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन्। मोटरसाईकलको डिकी र टुल बक्समा लुकाई लगिरहेको करिब पाँच लाख मूल्यको सुनचाँदी सहित भारत लौकाहाका प्रमोद ठाकुर (४०) पक्राउ परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपि ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन्।नेपाल भारती सिमा इनर्वा ७ मा पक्राउ परेका ठाकुरको साथबाट बरामद भएको सुनका गहनाको बाटामा सँदिप सोनी प्रोपराईटर रहेको माँ दुर्गा ज्वेल्र्सको नाम लेखिएको डिएसपी फुयाँलले बताए।

पक्राउ परेका ब्यक्तिबाट बरामद गहना भएको बाटामा लेखिएको नामले सम्पूर्ण सुनचाँदि उता पसलबाटै खरिद गरेको शंका प्रहरीको छ। 'हाम्रो अनुसन्धान त्यसतर्फ पनि केन्द्रित छ', फुयाँलले भने ।

विआर ७ जे २७१३ नम्बरको मोटरसाईकलमा सुनका गहना र चाँदी भारततर्फ जाँदै छ भने सूचना पाएर चेक प्वाईन्ट थापेको प्रहरी चौकी ठाढीका सई रामचन्द्र साहको टोलीले सिमा नजिकबाटै उक्त परिमाणको सुनचाँदि सहित ठाकुरलाई पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि भन्सार पठाइने उनले बताए ।

प्रकाशित: ८ असार २०७१ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App