खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, रु ४५ हजार नगद, ल्यापटप एक थान, ट्यावलेट एक थान र मोबाइल दुई थान लुटेर लगेको स्थानीय बासिन्दा शशीजङ्ग थापाले जानकारी दिए।
कालो लुगामा माक्स लगाएर आएका समूहले आधाघण्टाको बीचमा सामान लिएर करिब २ बजे गएपछि थापाले होहल्ला गरेकी थिइन्। घरमा लुटपाट गरेपछि लुटेरा मोटरसाइकलमा भागेका स्थानीयवासीले बताएका छन्।
प्रकाशित: ७ असार २०७१ ००:१९ शनिबार





