काठमाडौं– त्रिभुवन अन्तर्रार्ष्ट्रिय बिमानस्थलमा ३ केजी सुन सहित ४ भारतीय नागरिक पक्राउ परेका छन्। मलेसियन एयरको एमएच ११४ को उडानद्वारा क्लालम्पुरबाट काठमाडौं आएका उनीहरुबाट भन्सार चेकजाँच क्रममा प्रहरीले तलासी लिँदा उक्त परिमाणको सुन बरामद गरेको हो।
उनीहरुले ८ वटा टुक्रा बनाएर सुन शरीर भित्र लुकाएको अवस्थामा प्रहरीले फेला पारेको केन्द्रीय प्रहरीय समाचार कक्षले जनाएको छ।सुन सहित पक्राउ पर्ने भारतीय नागरिकहरूमा ४१ बर्षीय इब्राहिम साहुल ममिद, ४३ बर्षीय अफजाल खान, २७ बर्षीय साइकाली बसिर र २४ बर्षीय अमजाद खान छन्।
प्रकाशित: ६ असार २०७१ ०४:२२ शुक्रबार





