५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

न्याय खोज्न लामा दम्पती अनशन

काठमाडौं– डेढ वर्षअघि मृत्यु भएकी छोरी शुशिला लामाका दोषी प्रहरीले कारवाही नगरेको भन्दै लामा दम्पत्ति ६ दिनदेखि काठमाडौंको भद्रकालीमा अनशन बसेका छन् । नुवाकोट बेलकोटका पञ्चवीर र उनकी पत्नी साइँली मायाँ लामा अनशनमा बसेका हुन्।अनशन बसेपनि सम्वन्धि निकायले ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । 'बानेश्वर प्रहरीमा हामीले उजुरी दिएका थियौैंं,अहिलेसम्म हामीलाई भेट्न आको छैन'लामाले भनिन् ।

काठमाडौं –३५ का बिजयमान श्रेष्ठ तथा उनकी पत्नी स्मृति श्रेष्ठको घरमा बस्दा २०६९ माघ २६ गते छोरी शुशिला लामाको मृत्यू भएपछि उनीहरुले श्रेष्ठ दम्पत्ति माथि हत्याको आरोपमा किटानी जाहेरी दिएका थिए ।

माछापुच्छे« बैंकका म्यानेजर श्रेष्ठ तथा संयुक्त राष्ट्रसंघकी कर्मचारी स्मृर्तिको संलग्नतामा घटना भएको उनीहरुको आरोप छ ।

दोषीहरुको मिलेमतोमा प्रहरीले बयान भन्दा मिसिल फरक पारेको,दोषीलाई थुनामा नराखेको लगायतका गुनासो गरेका छन् ।

किटानी जाहेरी दिएको डेढ बर्ष पुग्न लाग्दा पनि प्रहरीले कारवाही गर्न नसकेको उनीहरुको गुनासो छ । 'अनुसन्धानको म्याद नाघिसक्न लागेको छ, प्रहरीले केही खवर गरेन'सांइँलीले भनिन् ।

अनुसन्धान अवधि सकिन लागे पनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेकोले न्याय पाउन नसकेको उनीहरुको गुनासो छ । 'मान्छे थुनामा छ, प्रहरीले दुईबर्षसम्म चुप लागेर बस भन्थ्यो,न थुनामा कसैलाई देख्यौं,न छोडेको नै देख्यौं'पत्नी लामाले भनिन् ।

महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरका डिएसपी रमेश तामाङले घटनाको बेला आफु नभएको र प्रहरीमा रहेको मिशिलले अहिलेसम्म बिजय श्रेष्ठ परिवारलाई कर्तव्य ज्यान ठहर नगरेकोले श्रेष्ठ दम्पत्तिलाई हाँजिरी जवानीमा छुट्टयाइएको बताए । 'अनुसन्धान जारी छ, अहिले हाँजिरी जवानीमा छुटेका हुन्'डिएसपी तामाङले भने ।

लामाका अनुसार २०६५ मा एसएलसी पास गरेपछि शुशिला निरन्तर बिजयको घरमा काम गर्दै पढ्न बसेका थिइन् । त्यही क«ममा उनले स्नातक पढ्दै थिइन् । २०६९ माघ २६ गते घरमालिक्नी स्मृर्ति श्रेष्ठले यो दम्पत्तिलाई फोन गरी दुई जना मात्र आउन आग«ह गरेका थिए । 'शुशिला बिरामी छ, दुई जना मात्र आउनु भने'उनले भनिन् ।

प्रकाशित: ५ असार २०७१ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App