७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

कपिलवस्तुमा ब्यापारीमाथि गोली प्रहार

कपिलवस्तु- सीमावर्ती क्षेत्र कृष्णनगरमा अज्ञात ब्यक्तिले स्थानीय ब्यापारी कौशर अलीमाथि गोली प्रहार गरेका छन्। फिल्म हलको छेउमा रहेको तुफानी मदिरा पसलमा साथीसँग खानपिन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो।

दाहिने कोखामा गाली लागेर गम्भिर घाइते भएका ३५ वर्षे अलीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक डिबि मल्लले जानकारी दिए। हाल उनी खतरामुक्त छन्।
पैदल आएका एक अज्ञात ब्यक्तिले सोमबार राति १० बजे अचानक उनीमाथि गोली प्रहार गरी फरार भएको थियो। कृष्णनगरमा ठेक्कापट्टा तथा विभिन्न ब्यापार गर्दै आएका अली चल्तापुर्जा थिए। 
उनलाई आपसी दुश्मनी साध्नकाका लागि गोली प्रहार गरिएको स्रोतको भनाइ छ। यसैबीच प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छ। घटनाको अनुसन्धान र फरार अभियुक्तको खाजी भइरहेको प्रहरी उपरीक्षक रविन्द्र शर्माले बताए।

प्रकाशित: ३ असार २०७१ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App