७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

स्वदेशमा प्रशान्तको किताब

काठमाडौं– पत्रकार प्रशान्त झाको पुस्तक 'ब्याटल अफ द न्यु रिपब्लिक' काठमाडौंको सिटी म्युजियममा सोमबार सार्वजनिक भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, लेखक सिके लाल र सभासद गगन थापाले विमोचन गरेको पुस्तकमा विगत १० वर्षको नेपाली राजनीतिलाई विश्लेषण गरिएको छ।

'धेरै समयपछि राम्रो पुस्तक लेखिएको छ। यसलाई नेपालीमा समेत अनुवाद गर्न सकिए पाठकहरुले नेपाली राजनीतिबारे जान्ने अवसर पाउने थिए,' भट्टराईले भने, 'उनले पुस्तकका तथ्यहरु पुष्टि गर्न धेरै व्यक्तिहरुसँग भेटघाट र छलफल गरेका थिए। धेरै वर्षसम्म माओवादीबारे विभिन्न गलत रिपोर्ट आए पनि यस पुस्तकमा उनले सही रिपोर्ट समावेश गरेका छन्।' 
'विगत १० वर्षमा मैले अनुभव गरेको नेपाली राजनीतिका खुराकलाई पाठकसामु ल्याएको छ। नेपाली राजनीतिलाई मैले बुझेसम्मका कुरा पुस्तकमा समावेश गरेको छु,' लेखक झाले भने। गत साता दिल्लीमा पुस्तक सार्वजनिक गरेको समेत उनले जानकारी गराए। 'पुस्तकको दोस्रो संस्करण चाँडै बजारमा आउँदैछ। यसले पाठकमा थप उर्जा थप्न सफल हुन्छ भन्ने लागेको छ,' उनले भने। 
कार्यक्रममा युवा नेता गगन थापा र सिके लालले पुस्तकमाथि बोलेका थिए। 'मलाई सम्झना छ, उनले रिपोर्टिङको सिलसिलामा विभिन्न स्थानमा हप्तौं बिताउने गरेका थिए। ६ वर्षको उनको मेहेनतबाट पुस्तक बजारमा आएको छ,' आदित्य अधिकारीले भने। अल्फा बुक कम्पनीले पुस्तकलाई बजारमा ल्याएको छ।

प्रकाशित: २ असार २०७१ २२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App