६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

अवार्डलाई डिस मिडियाको साथ

काठमाडौं– पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क प्राली सहप्रायोजक बनेको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा जेठ १९ गते स्पोर्टस अवार्ड आयोजना हुँदैंछ। विगत ५ वर्ष देखि स्पोर्टस अवार्डको सहप्रयोजक रहँदै आएको डिस मिडियाले आइतबार आयोजित पत्रकार सम्मेलनमा मञ्चसँग द्धिपक्षीय सम्झौता गर्‍यो।त्यस बापत डिस मिडियाले नगद २ लाख र स्पोर्टस अवार्डका विजेतालाई र अन्य गरी १५ सेट अप बक्स प्रदान गर्दैछ।
‘नेपालको नाम उचो बनाउने खेलकुद क्षेत्रका व्यक्तित्वको सम्मान कार्यक्रममा ५ वर्ष देखिको सहकार्यलाई निरन्तरता दिन पाउनु डिस मिडियालाई गौरवको विषय हो,' डिस मिडियाका प्रवन्ध निर्देशक सुमन पोखरेलले भने। 
नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आयोजना हुने स्पोर्ट अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवाका साथै उत्कृष्ट प्रशिक्षकको विजेताको घोषणा हुँदै पुरस्कार प्रदान गर्नेछ। वर्ष २०७० मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उत्कृष्टको चयन गरिने छ। त्यसका लागि बुधबार मनोनयनमा पर्नेको घोषणा गरिने मञ्चले जनाएको छ। 
अन्य चार विधामा वर्षको उत्कृष्ट लोकप्रिय खेलाडी, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथ्लिट अफ द इयर छन्। लोकप्रिय खेलाडीको विजेता एसएमएस र फेसबुक लाइकको आधारमा हुनेछ। स्पेशल अवार्डमा क्रिकेटका शरद भेषावकर, पारा एथ्लिटमा तेक्वान्दोका यादव कुँवर र लाइफ टाइममा वैकुण्ठ मानन्धरलाई पुरस्कृत गर्ने मञ्चले यसअघि नै घोषणा गरिसकेको छ।

प्रकाशित: ११ जेष्ठ २०७१ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App