विमोचित किताबमाथी टिप्पणी गर्दै गोर्खा सैनिकबारे जानकार इथिनिक्स भ्वाइसका सम्पादक जेवी पुनगमरले गोर्खा भर्ती सम्बन्धमा अहिले सम्म नछोइएका कतिपय प्रसंगमा लेखकले क्रुरतापूर्वक बयानबाजी गर्दै जातीयरुपमा सुरु गरिएको यो भर्ती प्रथालाई त्यही चश्माबाट हेर्ने कोसिस गरेको बताए। ‘बलभद्रलाई भगौडा र कायर भन्नु, नेपालअंग्रेज युद्धमा जितगढी किल्ला जित्नेच उजिरसिंहको इतिहास नलेखिनुको कारणलाई लेखले खोतल्ने आँट गरेका छन्,’ उनले टिप्पणी गर्दै भने, ‘गोर्खा भर्ती सम्बन्धमा थुप्रै किताब लेखिएपनि विषयगत रुपमा लेखकले यो प्रथा भित्रका उत्खनन नगरिएका अन्य थुप्रै भजिर्न मुद्दाहरुमा नजर लगाएका छन्।‘
गोर्खा भर्तीका निम्ति नेपाली शासक र बेलायती सत्ता मिली कसरी र किन छानी छानी निश्चित जातिलाई युद्ध मैदानमा होमियो र त्यसले त्यो समुदायमा कस्तो असर पार्यो भन्ने अनुद्घाटित विषयहरु पनि किताबमा समेटिएको उनकौ भनाइ थियो।
लेखक मनोज घर्तीमगरले नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको दुई शताब्दी पूरा हुँनै लाग्दा पनि केही निश्चित जातिलाई छानिछानि भर्ती गर्नुको रहस्य नखुलेकाले त्यसको खोजबिन गर्ने प्रयास किताबमार्फत् गरेको दाबी गरे।
‘१३ वर्ष टेक्दा नटेक्दै आदिवासी जनजाति समुदायका हजारौँ युवा युद्धभूमिमै लापत्ता भए, चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन्, त्यसैले विद्धान इतिहासकार पनि निस्केनन्,’ उनले भने, ‘अन्य जातिका स्वनामधन्य विद्वान–इतिहासकारले हाम्रो चस्माबाट सोधिखोजी गर्न कन्ज्जुस्याई गरे। लेखिएका एकाध किताबमा सतही कुरा लेखिए।’
उनले किताबले गोर्खा भर्तीसम्बन्धी नयाँ बहस सिर्जना गर्योर र गोर्खा सैनिकबारे थप किताब लेख्नह बाटो देखायो भने उपलब्धि सम्झिने बताए। ‘केही खोज, केही अनुसन्धान, केही विश्लेषण गरी गोर्खा सैनिकका दुर्दान्त कथा लिपिबद्ध गरेको छु,’ उत्साहित हुँदै उनले भने, ‘आशा छ, यो किताबले गोर्खाली इतिहास जान्न चाहने जिज्ञासु, इतिहासका विद्यार्थी, अनुसन्धाता र आम पाठक सबैनिम्ति उपयोगी हुनेछ।’
लेखक नागरिक दैनिक, शुक्रबार साप्ताहिक र रिपब्लिका दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियामा आबद्ध छन्। नेपाल क्लब हङकङकी अध्यक्ष, हङकङ नेपाली महासंघकी उपाध्यक्ष रीता गुरुङ प्रकाशक रहेको उक्त किताब राज्यसत्ता डटकमको आयोजनामा विमोचन भएको थियो। विमोचन भएको किताब ‘भर्तीको फन्दा’ कार्यक्रममै दुई सयभन्दा बढीप्रति बिक्री भएको राज्यसत्ताका प्रबन्धक तथा कोषाध्यक्ष गणेशजंग रानामगरले जानकारी दिए।
यसैबीच राज्यसत्ता डटकमले लेखक घर्तीमगरलाई पत्रकारितामार्फत् आदिवासी जनजातिका मुद्दालाई बाहिर ल्याउन महत्वपूर्ण पुर्यागएको भन्दै दोसल्ला ओडाई ताम्रपत्रले सम्मान गरेको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि गोर्खा भूतपूर्व सैनिक संघ अध्यक्ष, हेमप्रताप गुरुङले ताम्रपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रमकै अवसर पारी नेपाल क्लब हङकङकी अध्यक्ष तथा प्रकाशक रीता गुरुङ, मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, मगर बौद्ध समाजसेवा हङकङका अध्यक्ष प्रेम गलामी मगरलाई दोसल्ला ओडाइ सम्मानप्रदा प्रदान गरिएको थियो। यस्तै ए वान सुपरमार्केट, हङकङका भक्त गुरुङ, हङ्ग्रीआइका हङकङ युवराज गुरुङ, इमेज हेयर सैलुन, हङकङका इन्द्रा गुरुङ, ग्यालेक्सी नेटवर्क लिमिटेड, जगन्नाथ ज्ञवाली, लुम्बिनी स्टोर प्लमस्ट्रिट, युकेका नारायण किशोर पुनमगर, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी, दर्लामी थापा, गुल्मी समाजका अध्यक्ष नेत्र पहराई, हङकङ नेपाली महासंघ, हङकङ नेपाली डटकम, एभरेष्ट साप्ताहिकलाई धन्यवादपत्र प्रदान गरिएको राज्यसत्ता डटकमका प्रबन्धक हुमबहादुर थापा पचभैंयामगरले जानकारी दिए।
प्रकाशित: २९ वैशाख २०७१ ००:५३ सोमबार





