बरु उनले राजारामसँग सम्बन्धित पुरानो प्रसंग खुलासा गरिदिए। ‘जमानामा ‘विज्ञापन' भन्ने नाटक गर्दा राजारामले कार्यक्रमको उद्घोषण गर्दैथिए, हामीलाई उनले त्यही बेला पहिलोपटक मह जोडी भनेर नामाकरण गरिदिएका हुन्, हामी ‘मह' जोडीमै ठिक छौं,' उनले सुनाए।
टेलिसिरियलहरुमा व्यस्त भए पनि रंगमञ्चबाट आफूहरुले धेरै कुरा सिकेको उनको कथन छ। ‘रंगमञ्च भनेको हामीलाई आमाको काखजस्तो लाग्छ,' उनले थपे, ‘त्यसैले रंगमञ्चलाई हामी बिर्सन सक्दैनौं।'
गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग बियरको प्रायोजनमा ‘महजात्रा' आगामी वैशाख २६ देखि जेठ ८ सम्म प्रज्ञाभवनमा हुँदैछ। करिब ६ वर्षपछि नेपालको स्टेजमा मह जोडी प्रस्तुत हुन लागेका हुन्। यसपालिको ‘महजात्रा'मा महको दुई घन्टा र अरु कलाकार एक घन्टा प्रस्तुति समेटिने हरिवंशले अवगत गराए।
महलाई सघाउने कलाकारमा दिलिप रायमाझी, वसुन्धरा भुसाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, नरेन्द्र कंसाकार, मोहितवंश आचार्य, भुवन श्रेष्ठ, मल्लिका कार्की छन्। कार्यक्रमको उद्घोषण रुपा खड्काले गर्नेछिन्।
प्रकाशित: २४ वैशाख २०७१ २०:५७ बुधबार





