सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका हर्कबहादुर लुहागुनले स्वर्ण हात पारे। उनले दौड पूरा गर्न ४ मिनेट २२.५० सेकेन्ड समय खर्चे। सुदूरपश्चिमाञ्चलका सन्तोषविक्रम विष्ट (४ मिनेट २४.७० सेकेन्ड) ले रजत र मध्यपश्चिमाञ्चलका दिनेश आफ्रे (४ मिनेट २७.२६ सेकेन्ड) तेश्रो भए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्र ट्रिपलजम्पमा मध्यमाञ्चलका राहुल पजियार शीर्ष स्थानमा रहे। उनले १२.८२ मिटर हाम्फाले। सुदूरपश्चिमाञ्चलका प्रवीणबहादुर पाल (१२.६७ मिटर) दोश्रो तथा मध्यमाञ्चलका जंगबहादुर थारु (१२.३८ मिटर) तेश्रो बने।
त्यसै स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी विष्णु आले ९.७५ मिटर हाम्फाल्दै पहिलो स्थानमा रहिन् । पश्चिमाञ्चलकी विमला चौधरी (९.७० मिटर) दोश्रो तथा मध्यमाञ्चलकी रिंकु पजियार (९.३६ मिटर) तेश्रो भए ।
छात्र सटपुट (छेलो) मा मध्यपश्चिमाञ्चलका शेरबहादुर ओली (१२.३८ मिटर) ले स्वर्ण, मध्यमाञ्चलका इसुजन केसी (१२.२३ मिटर) ले रजत तथा सुदूरपश्चिमाञ्चलका दिनेश चौधरी (११.९३ मिटर) ले कांस्य जिते ।
छात्रा १ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरीले शीर्ष स्थान कब्जा गरिन् । सरस्वतीले दौड १३.२० सेकेन्डमा सकाइन् । पश्चिमाञ्चलकी विमला चौधरी (१३.३९ सेकेन्ड) दोश्रो तथा मध्यपश्चिमाञ्चलकी विष्णु आले (१३.४६ सेकेन्ड) तेश्रो भए ।
उक्त स्पर्धाको छात्रमा मध्यमाञ्चलका पासाङ तामाङले सबै प्रतिद्वन्द्वी उछिन्ने क्रममा ११.२० सेकेन्ड समय निकाल्दै स्वर्ण जिते । पश्चिमाञ्चलका दिलिप थापा (११.३६ सेकेन्ड) दोश्रो तथा मध्यमाञ्चलका मिथुन चौधरी (११.७५ सेकेन्ड) तेश्रो भए ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले राष्ट्रपति रनिङ सिल्ड प्रतिभावान खेलाडी खोज्ने माध्यम भएको बताए । कार्यक्रममा राखेप सदस्य–सचिव युवराज लामा, एथलेटिक्स, भलिबल, कराते र उसु संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसुमा गरी जम्मा ४२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रकाशित: १५ वैशाख २०७१ ०१:०६ सोमबार





