दोर्जे तामाङद्वारा निर्देशित ‘ह्योरेम्'ले सबैलाई उछिन्दै सर्वोत्कृष्ट तामाङ फिल्मको अवार्ड जित्यो। त्यस्तै रोशन फ्युबाद्वारा निर्देशित ‘ल्हाप्साङकार्पो' चाहिँ नेपाली भाषाको उत्कृष्ट तामाङ फिल्म बन्दै ‘जुरी अवार्ड' पाउन सफल बन्यो।
अमिर दोङले निर्देशन, युवराज राईले छायांकन, कुमार मोक्तानले अभिनेता, सुकुमाया मोक्तानले अभिनेत्री, पेशलकुमार तामाङले पटकथा लेखन, दीपेन्द्र दोङले गीत लेखन विधाका अवार्ड जिते। तामाङ समुदायका फिल्मकर्मी तथा संगीतकर्मीलाई सम्मानित गर्न गरिएको यो कार्यक्रमको दोस्रो संस्करण हो।
गीतसंगीततर्फ विश्व दोङले गायन, तुलसा वाइबा, इन्दिरा योञ्जन र चन्›कुमार दोङले युगल गायन, सूर्य मोक्तानले तामाङ गीत, चन्द्रकुमार दोङले संगीत विधामा अवार्ड जिते। तामाङ सेलोमा रामबाबु योञ्जन, सेलो गायकमा आशुसेन लामा, सेलो गायिकामा सानु वाइबा उत्कृष्ट ठहरिए।
उत्कृष्ट तामाङ म्युजिक भिडियोको अवार्ड तुलसा वाइबा, इन्दिरा योञ्जन र चन्›कुमार दोङ, तामाङ सेलो म्युजिक भिडियोको अवार्ड प्रेम लोप्चन, इन्दिरा गोले र आङनिमा शेर्पा र म्युजिक भिडियो निर्देशनको अवार्ड सुलोचना थिङ र प्रचण्डले प्राप्त गरे।
नेपाली गीततर्फ आशुसेन लामा उत्कृष्ट गायक र शशिकला मोक्तान उत्कृष्ट गायिका साबित भए। अवार्ड कार्यक्रममा २०६७ वैशाखदेखि २०७० चैत १५ सम्मका तामाङ फिल्म र गीत सङ्गीतलाई सामेल गराइएको थियो। तामाङ चौतारी समूहले २०६७ मा पहिलो अवार्ड कार्यक्रम आयोजना गरेको थियो।
प्रकाशित: १४ वैशाख २०७१ ०१:०३ आइतबार





