विश्ववको सर्वोच्च शिखर सगरमाथामा हिमपहिरो गएको छ। अहिले संसारभरका आरोहीहरु सगरमाथा शिखर पुग्न आधार शिविरमा जम्मा भएका छन्। 'बिहान साढे ६ बजे सगरमाथाको पहिलो क्याम्पमा हिमपहिरो गएको खबर आएको छ,' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटीले नागरिकन्युजसँग भने, 'उद्धारका लागि तीन वटा हेलिकप्टर त्यसतर्फ पठाइसकेका छौं। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।'
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३१ वटा विदेशी दल र एउटा नेपाली दल त्यसतर्फ गएको छ। त्यसमध्ये केही पुगिसकेको र केही बाटैमा रहेका छन्। सरकारी सम्पर्क अधिकृतहरुको टोली पनि आधार शिविरमै छ।
प्रकाशित: ४ वैशाख २०७१ २२:३७ बिहीबार