कठेतसहित बुद्धि पोखरेल, मनीषराज शाह, आस्था श्रेष्ठ, सुरेश मुखिया, सागर भण्डारी, राजेन्› ठकुराठी र नदिश मानन्धरका पटकथा अन्तिम चरणमा पुगेका थिए। कठेतको पुरस्कृत पटकथामा अस्ट्रेलियाको आल्प इन्टरटेनमेन्ट र प्लानेट थ्री फिल्म्सले संयुक्त रुपमा फिल्म निर्माण गर्ने घोषणा गरेको छ। कठेतले यसअघि ‘मोक्ष' फिल्मको पटकथा लेखेका थिए।
कठेतको पटकथामा नेपालको ग्रामीण भेगको मिठो कथा रहेको बताउँदै निर्णायक अर्जुन सुवेदीले उक्त पटकथामा राम्रो फिल्म बन्ने विश्वास ब्यक्त गरेका छन्। फिल्मको निर्देशनका लागि पनि नयाँ युवा निर्देशकलाई जिम्मा दिइने छ। न्यु नेपाली सिनेमाले यसअघि गरेकेा पहिलो पटकथा लेखन प्रतियोगितामा रोहित देवकोटा प्रथम र सन्दीप बडाल रनरअप भएका थिए।
प्रकाशित: ३० चैत्र २०७० २०:२२ आइतबार





