४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

'लेख्दालेख्दै मर्न पाऊँ'

वरिपरि किताबका चाङ। बीचमा ९२ वर्षे वृद्ध काया। आँखा धमिलो भएका छन्, तर पढाइ रोकिएको छैन। हात काँप्छन्, तर केही न केही केर्न छाडेका छैनन्। लेखनीले सात दशक पार गरिसक्यो, तर अझै लेख्ने लत गएको छैन। पठनको धीत मरेको छैन। १९९७ सालबाट लेख्न थालेका मदनमणि दीक्षित भन्छन्, 'लेख्दालेख्दै मर्न पाऊँ।'

वनारसमा रहँदा पहिलो पटक विस १९९७ मा भागवत गिताको पहिलो अध्याय हिन्दी, नेपाली, बंगली लगायतका भाषामा उल्था गरेर लेखनी थालेका दिक्षितले एक महिना अघि 'सामवेद पर्यावरण' नामक पुस्तक प्रकाशित गरेका छन्। 'जीवन दर्शन' नामक अकर्ोे कितावको पनि पाण्डुलिपि तयार पारिसकेका छन्। 
बृद्ध उमेरमा पनि उनको दैनिकी बदलिएको छैन। सधैजसो उनी विहान ४ः३० बजे उठ्छन्। नित्यकर्म र शारिरिक व्यायाम र ध्यानमा समय दिन्छन्। त्यसपछि उनी कोठमा बस्छन् । पत्रिका नियाल्छन्। पुस्तक पढ्छन् । अनि सहयोगी मार्फत केही न केही लेख्न थाल्छन्। 'पढ्यो, सोच्यो, अनि लेख्यो,' उनले भने, 'यहि तिन चिजले जिवनमा प्राथमिकता पाएका छन्।' 
दीक्षितले उतिबेलाको लेखन र अहिलेको लेखनमा आकाश जमिनको फरक रहेको बताए। 'उति बेलाका लेखक आफ्नो रुची लेख्थे। अहिले पाठकको रुचि लेखिन थालेको छ,' उनी भन्छन्। 
माधवी, मेरी निलिमा, त्रिदेवी, जेन्डो, जस्ता कृतिका यी सर्जकलाई पुस्तक सन्तानजस्तै प्यारो लाग्छ। 
भागवतको पहिलो अध्यायमा प्रेमपत्र 
वि.सं. २००० तिर वनारसमा बस्दा अज्ञात केटीको नाममा तीन साता लगाएर उनले सात वटा प्रेमपत्र लेखे। नेपालबाट आफन्तहरु आउने थाहापाएपछि विवाहित दीक्षितले ति सवै प्रेमपत्र च्यातेर फैकेछन्। तर एउटा चाहि भागवतको पहिलो अध्यायामा छुटेछ। 
'त्यहि प्रेमपत्र घरमा दिदिले फेला पारेपछि आपत भयो,' उनले विगत सम्भि्कए,'प्रेमपत्र पढेपछि श्रीमतीलाई मनाउन निक्कै मुश्किल पर्योघ। सवैले अर्कै केटीसंग पल्केछ भन्न थाले।' 
त्यो प्रेमपत्रको प्रसंग सुनाउँदा दीक्षित नजिकै रहेकी ८७ वर्षिया पत्नी रिता मुुस्कुराउदै थिइन्। 'त्यो प्रेमपत्र जति राम्रो थियो त्यति नै मलाई पीडा दियो,' उनले हाँस्दै भनिन्, 'अनजान म त्यति बेला निक्कै रोएको थिए।' आफ्ना पतिले अर्कोलाई लेखेकेा प्रेमपत्र जतिनै राम्रो भएपनि त्यसले पीडा दिने उनले सुनाइन्। 'कल्पनाको मात्र प्रेमपत्र रहेछ भन्ने बुझेपछि मात्र चुप लागे,' उनले भनिन्, 'नत्र मलाई त्यहि प्रेमपत्रले सधै पोल्नेथियो।' 
स्वतन्त्रताको अभिव्यक्ति 'माधवी'
२०३२ सालमा समीक्षा प्रकाशनमा प्रशासनले बन्देज लगाएपछि दीक्षित निराश भए। विभिन्न वाहनामा पटक पटक उनको पत्रिकामा माथि सेन्सरसिप लाग्न थाल्यो। जीवनको सवै कमाइ लगाएको संस्था प्रतिवन्धको मारमा परेपछि उनी निराश भए। 
निराशा यति चरममा थियो उनले २०३४ सालतिर आत्मदाहको बाटो समेत उनको दिमागमा आउन थाल्यो। दरबार अगाडी आत्मदाह गर्ने अठोत पनि गरेको थिए,' उनले भने,'अचानक आत्मदाहको सोच बदले र संघर्षको बाटो रोजे।' 
प्रशासनले पत्रिका बन्द गराएपनि विचार खोस्न नसक्ने भन्दै अर्को बाटो अपनाउन पुगे। मनमा गुम्सिएका आक्रोसलाई उनले कलम मार्फत निकाश दिने विचार गरे। 'त्यहि सालदेखि माधवी लेख्न थाले,' उनले भने, 'त्यतिबेलाको त्यो विचार ५ बर्षपछि २०३९ सालमा माधवी बनेर जन्मियो।' 
अहिलेसम्म कति लेखियो त? 
७३ बर्ष लामो लेखनयात्रामा उनले ३३ वटा कृति प्रकाशित भइसकेको छ। ३४ औ कृति प्रकाशनको तयारी छ। २०६७ सालतिर उनले निकालेको हिसावअनुसार २ करोड ४० लाख शब्द लेखिसकेका छन् रे। त्यसपछि पनि ५ वटा पुस्तक र थुप्रै लेखरचना छापिसकेको उनले बताए। 
दिक्षितले २०२२ सालदेखि सहयोगी मार्फत लेख्न थालेको सुनाए।'मेरा कुरा सहयोगीले टिपेर लेख्छन्,'उनले भने, 'कुनै समयमा सजिलोको लागि रोजेको कुरा अहिले मेरो आदत बन्यो।'

प्रकाशित: २८ चैत्र २०७० २३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App