६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

नयाँघरेको अमेरिकी अनुभव अायो

काठमाडौं– मदन पुरस्कार विजेता निबन्धकार युवराज नयाँघरे नयाँ कृति लिएर आएका छन्। ‘ह्वाइट हाउसको घामपानी' शीर्षकको यात्रा संस्मरण मंगलबार शिल्पी थिएटरमा सार्वजनिक गरियो।
सँगसँगै बिएन पुस्तक संसारले प्रकाशन थालेको साहित्यिक पत्रिका ‘पाण्डुलिपि' पनि सार्वजनिक गरियो। दुवै कृतिको विमोचन अभि सुवेदीले गरे।निबन्धमा खारिएका नयाँघरेको यो ११ औं कृति हो। ‘ह्वाइट हाउसको घामपानी' उनको एक वर्षे अमेरिका बसाइको उपलब्धि हो। पुस्तकमाथि टिप्पणी गर्दै ज्ञानु पाण्डेले संस्मरण भए पनि आख्यान सादृश्य लाग्ने बताइन्।
‘यात्रा संस्मरण भए पनि पुस्तकमा आख्यानको रस भेटिन्छ। झर्रा शब्दको प्रयोग र शिल्पमा बाँधिएको लेखनका कारण पाठकका लागि यो पुस्तक कोसेली हो,' पाण्डेले भनिन्।
लेखक नयाँघरेले भने संस्मरणलाई पात्र र प्रवृतिको वृत्तान्तको रुपमा व्याख्या गरे।
‘पुस्तक अनभूति, घटना र पात्रको सम्मिश्रण हो। पुस्तकमा यात्रा र डायरीलाई सँगाल्ने प्रयास गरेको छु,' नयाँघरेले भने।
‘पाण्डुलिपि' मासिक पत्रिकाका सम्पादक दीपक सापकोटाले वैचारिक मन्थनका लागि पत्रिका थालिएको बताए। नयाँ लेखकलाई स्थान दिन र पाठकमा विचार निर्माण गर्न पत्रिकाले भूमिका खेल्ने अपेक्षा रहेको दीपकको कथन छ।
पत्रिकाको प्रशंसा गर्दै अभि सुवेदीले ‘पाण्डुलिपि'ले पहिलो अंकमा समेटिएकै लेखको स्तरलाई निरन्तरता दिन सके पत्रिकाले नयाँ विचार र पाठक जन्माउन सक्ने तर्क राखे।
पुस्तक तथा पत्रिका दुवैलाई बिएन पुस्तकले प्रकान गरेको हो।

प्रकाशित: २५ चैत्र २०७० १९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App