६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

पोयमान्डुमा कविता दिवस

काठमाडौं– ‘पोयमान्डु'को १२ औं शृंखलामा ‘अन्तर्राष्ट्रिय कविता दिवस' मनाइयो। शुक्रबार न्युरोडस्थित नेपाल भारतीय पुस्तकालयमा कवि र श्रोताले मिलेर ‘कविता दिवस' मनाए।‘पोयमान्डु' हरेक महिना भारतीय दूतावास तथा बिपी कोइराला भारत नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा हुँदै आएको छ। ‘यसप्रकारका कार्यक्रमबाट एकअर्काका संस्कृति र परम्परालाई बुझ्न सहयोग मिलेको छ,' पर्यटन तथा संस्कृतिमन्त्री भीमप्रसाद आचार्यले भने। 
कार्यक्रममा गोपाल अक्षको गजलसंग्रह ‘अपनी भूलोंके साथ अब रहने दो', रामदयाल प्रकाशको ‘अन्तरात्माको ढुवानी' र डा. गंगाप्रसादको ‘पैसा' लगायत पुस्तक मन्त्री आचार्य, लेखक अभि सुवेदी र भारतीय राजदूत रञ्जित रेले विमोचन गरेका थिए।
अभि सुवेदी, राजेन्द्र विमल, गोपाल ठाकुर, नवीन चित्रकार, मोविन खान, धनबहादुर ओली, कैलाशसिंह ठकुर, सरस्वती, सगुना शाह, आलोक तिवारी, आनन्द गुरुङ, तिर्थ श्रेष्ठ, सरोज न्यौपाने, आनन्द गुप्ता र हरेकृष्ण झा लगायतले नेपाली, नेवारी, हिन्दी, उर्दू, अंग्रेजी, मैथिली र भोजपुरी कविता वाचन गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७० २३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App