६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

जर्जिया पुग्यो काव्ययात्रा

जर्जिया– विश्व काव्य यात्राको क्रममा जर्जिया पुगेका कवि तथा गीतकार वसन्त चौधरीले आइतबार कविता वाचन गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरद्वारा आयोजित कार्यक्रममा कवि तथा गीतकार चौधरीले करिब ४५ मिनेट आफ्ना कविता वाचन गरेका थिए।कवि चौधरीको परिचायत्मक भिडियोबाट सुरु भएको कार्यक्रममा चौधरीको एप्ससमेत सार्वजनिक गरिएको थियो। कविता वाचनपछि चौधरीले सहभागीसँग अन्तर्त्रि्कया समेत गरेका थिए। 
कार्यक्रममा कवि चौधरीद्वारा लिखित कवितासंग्रह ‘मेरा कविताहरू'को विमोचन गरिएको थियो। कृतिको प्रल्हाद पन्तले विमोचन गरेका थिए । 
कार्यक्रमको अन्त्यमा प्रेमराजा महतले उपस्थित सबैलाई आभार व्यक्त गरेका थिए। कार्यक्रमको आयोजना गरेकामा कवि चौधरीले आयोजकलाई आभार प्रकट गरे। कार्यक्रममा दीपक पहाडी, सन्तोष पहाडी र प्रणय लामाले पनि मन्तव्य राखेका थिए।

प्रकाशित: ४ चैत्र २०७० २३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App