१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। फिल्म 'अन्तराल'बाट पुनः नेपाली रजतपटमा छाएकी अशिष्माले यतिबेला एक्सरसाइजको मात्रा बढाएकी छिन्। अमेरिका बस्दा अपनाएको सक्रिय र अनुशासित जीवनशैलीलाई नेपाल आएपछि पनि निरन्तरता दिएकाले ज्यान फिट छ। 'तर, गीतले भनेअनुसारनै फिट बनाउन पेट र गालाको कसरत गरिरहेकी छु,' अशिष्माले भनिन्। जिम र डान्स कक्ष पनि धाइरहेकी छिन् उनी। तत्काल भने दर्शकले उनको 'कोकाकोला ज्यान' होइन, 'तोरीलाहुरे'सँगको लभ हेर्न पाउनेछन्। किनभने, उनले अभिनय गरेको फिल्म 'तोरीलाहुरे' अर्काे हप्ता रिलिज हुँदै छ।

प्रकाशित: १६ फाल्गुन २०७० ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App