१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

जर्मन र भारतीयलाई नइ पुरस्कार

काठमाडौं– नइ प्रकाशनले जर्मनीका डा. अल्बर्च्ट हेनिङ तथा पत्नी क्रिस्टिना हेनिङ र भारतका नरबहादुर दाहाललाई २०७० सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।तीन दशकसम्म नेपालको समाजसेवामा समर्पित हेनिङ दम्पतीलाई तीन लाख रूपैयाँको नइ देरुख अन्तर्राष्ट्रिय पुरस्कार संयुक्त रूपमा प्रदान गर्न लागिएको हो।
त्यसैगरी दुई लाख रुपैयाँको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका नरबहादुर दाहाललाई प्रदान गरिनेछ। साढे छ दशकदेखि नेपाली भाषासाहित्यको प्रवर्द्धनमा सक्रिय भएकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नइ प्रकाशनले जनाएको छ।
नइका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो। पुरस्कार २०७१ साल जेठ १ मा काठमाडौंमा प्रदान गरिने भएको छ।

प्रकाशित: १५ फाल्गुन २०७० २३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App