१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

चर्चामा मलिना

मिस नेपालको उपाधि हासिल गर्ने मध्ये फिल्म क्षेत्रमा निकै कमले करिअर बनाएका छन्। पूर्व मिस नेपाल मलिना जोशी चाहिँ फिल्म क्षेत्रमै करिअर खोज्दै छिन्। यसअघि फिल्म 'कलिउड'मा एउटा गीतमा नाचेर नेपाली फिल्ममा प्रवेश गरेकी उनको हिरोइनका रूपमा भने यतिबेला चर्चा चलेको छ। मनोज अधिकारी निर्देशित फिल्म 'ऋतु'मा मुख्य भूमिकामा अभिनय गरेकी छिन्। फिल्मका प्रचार सामग्री सार्वजनिक भएसँगै हिरोइनका रूपमा उनको भविष्यको लेखाजोखा पनि हुन थालेको छ। अस्टे्रलियाका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त फिल्ममा मलिनाको काम राम्रो देखिएको छ। नेपाली सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधि हासिल गरेकी मलिनाले फिल्ममा चाहिँ उचाइ बनाउलिन् कि नाइँ?

प्रकाशित: ९ फाल्गुन २०७० ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App