१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

रत्यौली प्रतियोगिता हुने

चितवन– चितवनको रत्ननगरस्थित रेडियो अर्पणले जिल्लामै पहिलोपटक रत्यौली प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिता फागुन २४ मा गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। सामुदायिक रेडियो अर्पणले तेस्रो वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम समेत घोषणा गरेको छ।लोपोन्मुख हुँदै गएको रत्यौलीको पहिचान दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताइएको छ। रेडियोका अध्यक्ष वेदप्रसाद आचार्यले फागुन १० देखि २८ सम्म दुई साता लामो कार्यक्रम समुदायलाई केन्द्रित गरेर गर्न लागेको जानकारी दिए। फागुन १० देखि चितवनका विभिन्न क्षेत्रमा पुगी श्रोतासँग अन्तरक्रिया गर्ने र फागुन २२ देखि औपचारिक कार्यक्रम सुरु हुने उनले बताए। 
फागुन २२ का दिन समाजमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया, २३ मा अन्तर मावि बुद्धिचाल र क्रियाशील पत्रकारबीच घैँटाफुटाइ प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता हुने अध्यक्ष आचार्यले सो अवसरमा जानकरी दिए।
त्यस्तै फागुन २४ मा नारी दिवसको उपलक्ष्यमा नारी हकहित र अधिकार विषयक रत्यौती प्रतियोगिता, २५ मा रक्तदान र अन्तर उच्च माविस्तरीय हाजिरी जवाफ गरिनेछ। फागुन २८ मा रेडियोको नियमित प्रसारण सुरु भएको दिन पारेर समापन समारोहमा पुरस्कार वितरण गरिने आयोजकका धु्रवराज खनालले बताए।

प्रकाशित: ८ फाल्गुन २०७० २२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App