महिला सिंगल उपाधिका लागि तामाङ दिदीबहिनी सरादेवी र नङ्सलदेवी भिड्ने भएका छन्। दुवै आर्मी क्लबका खेलाडी हुन्। सरादेवीले एपिएफका सविना पन्थीलाई २१–१०, २१–११ ले हराइन्। नङ्सलदेवीले एपिएफकै शिक्षा श्रेष्ठलाई २१–१०, २१–१४ हराएर दिदीविरुद्धको फाइनल भेट पक्का गरिन्।
यु–१७ पुरुष एकलमा कैलालीका गौतम कठायतले एपिएफका दिलेन्द्र पुनलाई २१–१२, २१–१५ ले तथा एपिएफका नविन श्रेष्ठले आफ्नै क्लबका नीरविक्रम देवकोटालाई २१–१४, २१–८ ले हराएर फाइनल सुरक्षित गरेका छन्।
पुरुष डबल्सतर्फ आर्मीका रत्नजित तामाङ र राम राईको जोडीले पुलिसका विष्णु कटवाल र विजित थापामगरलाई २१–१६, २१–१३ ले तथा एपिएफका विशाल प्रधान र विमल श्रेष्ठले एपिएफकै विकास श्रेष्ठ र नवीन श्रेष्ठलाई २१–१५ र २१–१९ ले पराजित गरी फाइनल तय गरेका छन्।
यसैगरी मास्टर्स् डबल्स्तर्फ ३५ वर्ष माथिको क्वार्टरफाइनल खेलमा एपीएफका अभिकुमार खत्री र चेतसिंह थापाको जोडीले एपीएफकै दिपक थापा र नरेन्द्र बमको जोडीलाई १८–२१,२१–१३ र २१–१८ ले, एनपीसीका चन्द्रकुमार खापुङ्ग र प्रेम चन्दको जाडीले निजामती कर्मचारीका विरेन्द्र खड्का र दत्तात्रय दाहालको जोडीलाई २१–११ र २१–१५ ले, सप्तरीका नवराज दुलाल र विष्णु गुरुङको जोडीले एपीएफका प्रमोदकुमार भारती र लोकबहादुर थापाको जोडीलाई २१–१६ र २१–१६ ले तथा एपीएफका अशोककुमार साक्य र प्रेमकुमार श्रेष्ठको जोडीले एनपीसीका अशोक सिंह र सुरेश गुरुङको जोडीलाई १२–२१,२१–१३ र २१–१६ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्।
यसैगरी मास्टर्स् डबल्स्तर्फ ४५ वर्ष माथिको खेलमा निजामती कर्मचारीका विरेन्द्र खड्का र दत्तात्रय दाहालको जोडीले त्रिभुवन आर्मी क्लवका निरञ्जन श्रेष्ठ र राजु के.सी.को जोडीलाई २१–११ र २१–५ ले, एपीएफका जानकीराज भट्टराई र चेतसिंह थापाको जोडीले एपीएफकै राघबसिंह थापा र दलबहादुर तामाङको जोडीलाई २१–११ र २१–१३ ले तथा एपीएफका महेशकुमार श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको जोडीले एपीएफकै अरविन्द्र धिताल र चिरञ्जीवी कुवंरको जोडीलाई २१–१७ र २१–१३ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्।
यसैगरी भेट्रान्स् डबल्स्तर्फ ४५ वर्षमाथीको क्वार्टरफाइनल खेलमा एपीएफका नारायणमान शाक्य र हरिप्रसाद श्रेष्ठको जोडीले एनपीसीका हेमन्त पाल र प्रेम चन्दको जोडीलाई २१–१० र २१–११ ले, कास्कीका मनोजकुमार श्रेष्ठ र नविनवावु श्रेष्ठको जोडीले ललितपुरका रामकृष्ण महर्जन र दिलबहादुर विश्वकर्माको जोडीलाई २१–९ र २१–१७ ले, एपीएफका सुवास श्रेष्ठ र भूमिबहादुर गुरुङको जोडीले ललितपुरका सानुवावु हमर्जन र कमल शाक्यको जोडीलाई २१–१५ र २१–११ ले तथा बाग्लुङका निरमानकुमार श्रेष्ठ र राजेन्द्रमान शाक्यको जोडीले नेपाल विद्युत प्राधीकरणका राजु महर्जन र श्रीप्रसाद धिमालको जोडीलाई २१–१२,१९–२१ र २१–१६ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्।
यसअघि आजै पुरुष युगलतर्फको क्वार्टरफाइनल खेलमा एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडिले त्रिभुवन आर्मी क्लवका दिपेश धामी र सुरज महर्जनको जोडीलाई २१–१८ र २२–२० ले, एपीएफकै विकास श्रेष्ठ र नविन श्रेष्ठको जोडिले एपीएफकै सुदिप सेढांई र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१४,१७–२१ र २१–१५ ले, एनपीसीका विष्णु कटवाल र विजित थापामगरको जोडीले एपीएफका इन्द्र महता र पंकज चन्दको जोडीलाई २१–१० र २१–११ ले तथा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङ् र राम राईको जोडीले एपीएफका सहदेव खड्का र राम लामाको जोडीलाई २३–२१ र २१–१८ ले पराजीत गरेका थिए।
प्रकाशित: ८ फाल्गुन २०७० २१:४८ बिहीबार





