दाङ - दाङमा रहेको एउटा पेट्रोल पम्पमा मंगलबार दिउँसो लुटपाट भएको छ। घोराही ४ भैसाहीमा रहेको बबी पेट्रोल पम्पमा पेस्तोलसहित आएका दुई जना लुटेराले लुटपाट गरेका हुन्।उनीहरुले पेट्रोल पम्पमा रहेका कामदारहरुलाई पेस्तोल देखाएर पेट्रोल पम्पको काउन्टरमा रहेको १० हजार नगद, २५ लिटर तेल र एउटा मोवाइल सेट लुटेर लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 'अन टेस्ट' मोटरसाइकलमा आएका उनीहरु फरार छन्। लुटेराको प्रतिकार गर्न खोज्दा पम्पका एक कामदार घाइते भएका छन्। प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ।
यसैबीच राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले लुटेराहरुको पहिचान गरी कारबाही गर्न माग गरेको छ।
प्रकाशित: ६ फाल्गुन २०७० ०६:५० मंगलबार