अपहरण गर्ने क्रममा पीडितले अपहरणकारी पहिचान गरेकोको लिखित जाहेरिको आधारमा लामो समयदेखि फरार रहेको भुपु सइ झालाई मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका टोलीले पुनरावेदन अदालतमा गइरहेको बेला बाटोबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको प्रहरी निरीक्षक विजय राज पंडितले बताए।
सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गत असोज महिनामा स्थानीय सरोज झालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको र अन्य एक जना अभियुक्त मनोज झा फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। अपहरण मुद्दामा पक्राउ परेका भुपु सइलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र आज जिल्ला अदालत गौरमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक पंडितले बताए।
प्रकाशित: ३ फाल्गुन २०७० २३:०२ शनिबार





