दाङ - दाङमा हतियार सहित २६ युवा पक्राउ परेका छन्। सशस्त्र प्रहरीले तुलसीपुरको एक होटेलबाट हतियार सहित २६ युवालाई पक्राउ गरेको हो।तुलसीपुर स्थित वेस्टर्न प्यालेस होटेलमा बसेका उनीहरुलाई प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले उनीहरुको साथबाट ६ थान तरवार, २ थान खुँडा, १ थान खुकुरी, एकथान चाकु बरामद गरेको छ।
हतियार सहित होटेलमा बसेको थाहा पाएपछि प्रहरीले होटेलमा छापा मारेको सशस्त्र प्रहरी तुलसीपुर बेस क्याम्पका डिएसपी अच्युत मजगैयाँले जानकारी दिए। निर्वाचनमा धाँधली गर्न लक्ष अनुरुप उनिहरु हतियार सहित होटेलमा डेरा जमाएर बसेको हुन सक्ने प्रहरीको आशंका छ।
प्रकाशित: ४ मंसिर २०७० २३:५८ मंगलबार