१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

रहर भएर पनि भोट हाल्न वञ्चित

काठमाडौं- ८४ वर्षीय अमृतबहादुर श्रेष्ठ मंगलबार धापासीस्थित मतदान केन्द्रको गेटबाहिरबाट अरूले भोट हालेको हेरिहेका थिए। उनले भने भोट हालेनन्। उनीसँग मतदाता परिचयपत्र पनि थियो। 'भोट हाल्न कालीमाटी पुग्नुपर्थ्यो। गाडी चलेन। हिँडेर जान सक्दिनँ,' उनले सुनाए।

श्रेष्ठ धापासीमा रहेको अर्को घरमा बस्न आएकाले मतदानबाट वञ्चित भएका हुन्। उनले नातिनातिना पनि विदेशमा रहेकाले भोट हाल्न नआएको बताए। यसअघिका हरेक चुनावमा उनले भोट हालेका थिए। 'अर्को पटक भोट हाल्न नपाउँदै मरिने पो हो कि!' उनले थकथकी माने। 
श्रेष्ठजस्तै केही मतदाता रहर भएर पनि मतदान गर्नबाट वञ्चित भएका छन्। नेकपा–माओवादी सम्मिलित ३३ दलीय मोर्चाले यातायात बन्द गरेकाले कतिपय मतदाता उपत्यकाबाहिर जान पाएनन्।
मतदाता परिचयपत्रका लागि फोटो खिचाएका पर्वतका देवीप्रसाद भुसालले पनि भोट हालेनन्। 'बेलायतमा गएको थियो, फर्केन,' उनकी आमा यमकलाले सुनाइन्, 'घरबाट एउटै ठाउँमा चार भोट खस्थ्यो। एउटा छुट्यो।' 
वैदेशिक रोजगारीमा गएकाले दोलखाका लाक्पा शेर्पा पनि मतदानबाट वञ्चित भए। वैदेशिक रोजगारीबाट यहीबीचमा फर्केकाहरू भने फोटोसहितको मतदाता परिचयपत्र नभएकाले भोट हाल्नबाट वञ्चित भए।
निर्वाचन आयोगका प्रमुख नीलकण्ठ उप्रेतीका अनुसार फोटोसहितको मतदाता परिचयपत्र बनाएकामध्ये करिब ३० प्रतिशत मतदाताले मंगलबार भोट हालेनन्। 
माओवादीले सशस्त्र द्वन्द्व थालेको रोल्पा थबाङस्थित मतदान केन्द्रमा स्थानीय कसैले पनि भोट हालेनन्। 'थबाङलाई आयोगले अपवादका रूपमा लिएको छ,' प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताए। 
निर्वाचन आयोगका अनुसार १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताले फोटोसहितको मतदाता परिचयपत्र बनाएका थिए।

कहाँ कति मतदान? 

काठमाडौं
मोरङ, रौतहट ८०
सुर्खेत ७५
बर्दिया, रुकुम, कपिलवस्तु, लमजुङ, तनहुँ, रुपन्देही ७० 
पाँचथर ६८ 
काठमाडौं, अर्घाखाँची, हुम्ला, डोल्पा, गुल्मी, अछाम, इलाम, सल्यान, जाजरकोट ६५

धनकुटा ६२ 
गोरखा, बाग्लुङ, कैलाली, दार्चुला, धादिङ, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, दाङ, नवलपरासी, प्युठान, ललितपुर, पर्सा, जुम्ला, सुनसरी, कालिकोट,पाल्पा, स्याङजा, म्याग्दी। ६०
मुस्ताङ ५८
मुगु 
डोल्पा ५२ 
धनुषा, रोल्पा, जाजरकोट, डोटी, ताप्लेजुङ, डडेल्धुरा ५०

प्रकाशित: ४ मंसिर २०७० १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App