सो ट्रक पुर्व पश्चिम राजमार्गमा पर्ने खैरहनी गाविसको वडा नं. २ मा शनिबार दिउँसो एक बजेदेखि रोकि राखेको प्रहरीको भनाइ छ। अलपत्र अवस्थाको सो ट्रकको प्रहरीले निगरानी गरेको थियो। साँझसम्म पनि कोही नआएपछि चेक गर्दा गाँजा फेला परेको थियो।
ट्रकसँग सम्बन्धित कोही पक्राउ परेका छैनन्। शनिबार रातभर ट्रक सडकमा छाडेर प्रहरीले टाढैबाट निगरानी गर्दा पनि कोही लिन नआएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आइतबार बिहान सो ट्रकलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ।
प्रकाशित: २८ माघ २०६९ १२:३३ आइतबार





